Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडाैंमा बरामद १५ किलाे सुन नक्कली

    काठमाडाैंमा बरामद १५ किलाे सुन नक्कली

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ । काठमाडाैँमा प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली रहेको पुष्टि भएको छ। अबैध रुपमा भित्र्याएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन जस्ताे देखिने धातु बरामद गरेकाे हाे।

    बरामद गरिएकाे मध्ये एक टुक्रा सुनमात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि परिसरले गरेकाे छ। महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ।



    महानगरीय प्रहरी वृत्त दरबारमार्गले सुन जस्तै देखिने १५ किलो उक्त धातु र २ थान पेस्तोल बरामद गरेको छ । शंकास्पद रुपमा हिडिरहेका व्यक्तिलाई प्रहरीले दरबारमार्गबाट पिछा गर्दा झोला फलेर भागेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तस्करको समूहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार