Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नियम विपरीत बालुवा उत्खनन‍् गर्ने ९ ट्याक्टर नियन्त्रणमा

    नियम विपरीत बालुवा उत्खनन‍् गर्ने ९ ट्याक्टर नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीस्थित लखन्देही खोलाबाट नियम विपरीत बालुवा उत्खनन गरिहेका ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    वर्षायामको तीन महिना असार, साउन र भदौमा नदी जन्य पदार्थ उत्खन्न गर्नमा रोक लगाए पनि चोरी गर्दै गरेको सूचना पाएपछि नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् ।



    उनका अनुसार अबैध रुपमा उत्खन्न गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिइ हरिपुर नगरपालिकामा बुझाएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।



    सोमबार दिउँसो इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलामा बालुवा झिक्दै गरेका ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाइएको समयमा पुनः उत्खनन नगर्ने शर्तमा जरिवाना तिराएर मात्रै छाडिने जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार