Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

    मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा ९वर्षा गराउने प्रणाली० नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

    अबका तीन दिन ९साउन १५ गतेसम्म० देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढेको बताइएको छ ।



    मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव २ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार