Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भाडाको ठेला रिक्सा बिक्री गर्दा हत्या, चार अभियुक्त सार्वजनिक

    भाडाको ठेला रिक्सा बिक्री गर्दा हत्या, चार अभियुक्त सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.9K
    SHARES

    चितवन। गत असार २३ गते भरतपुर–१० स्थित मैयाँदेवी कन्या कलेज नजिक झाडीमा  बोरामा बाँधिएको अवस्थामा तनहुँ घर भइ चितवन बस्ने राजकुमार गुरुङको गुरुङको शव फेला पर्‍यो ।

    भाडामा लिएर गएको ठेला रिक्सा विक्री गरी सम्पर्कमा नआएपछि राजकुमार गुरुङको कमल गन्धर्वको समुहले हत्या गराएको खुलासा भएको छ ।



    प्रतिदिन एक सय ५० का दरले भाडा दिने गरी गुरुङले उनका साथी कमल गन्धर्वसँग ठेला रिक्सा लिएर गएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको हो ।



    गुरुङले केही समयका लागि ठेला रिक्सा लिएको तर, लामो समयसम्म फिर्ता नगरी सम्पर्कविहीन भएसँगै उनको खोजीपछि कुटपिट गरी गन्धर्व समुहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले हत्यामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ।

    प्रहरीले घटनामा संलग्न तनहुँको भानु नगरपालिका वडा नं. ४ सालबिस्ने घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएका ३४ वर्षीय कमल गन्धर्व, रौतहट गजुरा नगरपालिका वडा नं।१ घर भएका ३० वर्षीय अमृत भन्ने अम्मर बहादुर थिङलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    त्यस्तै सोही घटनामा दाङ घोराही उपमहानगरपालिका वडा नं.११ घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएका २४ वर्षीय सागर ओली र भरतपुर महानगरपालिका वडा नं.८ गौरीगञ्ज बस्ने ३१ वर्षीय प्रकाश विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनामा संलग्न तनहुँ भानु नगरपालिका वडा नं.४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएकी २८ वर्षीया लक्ष्मी मगर र ४५ वर्षीया सीता गन्धर्व फरार रहेका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । हाल उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी नियन्त्रणमा परेकाहरुलाई कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत चितवन जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

    अनुसन्धानबाट खुलेको विवरण:

    • घटनाको सम्वन्धमा अनुसन्धान गर्दा मिति २०७७।०३।०६ गते जिल्ला तनहुँ भानु नगरपालिका वडा नं.४ साल बिस्ने घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं-१० गेष्टहाउस चौउरको मन्चमा अस्थाई बसोबास गर्ने वर्ष ३४ को कमल गन्धर्वले व्यावसाय प्रयोजनको लागी प्रतिदिन रु.१५०को दरले भाडामा लिएको ठेला रिक्सा मृतक राज कुमार गुरुङले केही समयको लागी मागी लिई गएकोमा निज राज कुमार गुरुङ सोही दिनबाट कमल गन्धर्वसंग सम्पर्कमा नआएको ।
    • कमल गन्धर्वले राजकुमार गुरुङलाई ठेला रिक्सा प्राप्त गर्नको लागी खोजी गर्दै रहेकामा मिति २०७७।०३।१९ गते दिनको १८:०० वजेको समायमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं-१० स्थित मालपोतचोकमा फेला पारेको, राजकुमार गुरुङको साथमा ठेला रिक्सा नभएको कारणवाट निजलाई नियन्त्रणमा लिई आफु वसोवास गर्ने स्थान गेष्टहाउस चौउरको अस्थाई बसोबास गर्ने स्थानमा ल्याएको ।
    • उक्त स्थानमा ल्याई सकेपश्चात कमल गन्धर्व र निजको श्रीमती लक्ष्मी मगर समेतले बर्ष ३० को अमृत भन्ने अम्मर बहादुर थिङ, बर्ष २४ को सागर ओली, बर्ष ३१ को प्रकाश बि.क समेतलाई वोलाई ठेला रिक्सा लिई गएको विषयमा फेला नपरे पश्चात सामुहिक रुपमा मरणाशन्न हुनेगरी कुटपिट गरेको, कुटपिटको क्रममा राज कुमार गुरुङले ठेला रिक्सा कालिका नगरपालिका स्थित पदमपुरमा लिई विक्री गरेको भनी वताएको ।
    • कुटपिट पश्चात उक्त दिन साँझ अन्दाजी १८:३० वजेतिर कमल गन्धर्वले अटो रिक्सा रिजर्भ गरी लक्ष्मी मगर, अम्मर बहादुर थिङ्, सागर ओली, प्रकाश बि. क. समेतले मृतक राज कुमार गुरुङलाई लिई अटो रिक्सा लिन भनी पदमपुरमा गएको, भनिएको स्थानमा अटो रिक्सा फेला नपरे पश्चात रातको अन्दाजी २१:०० वजेतिर पुन: गेष्ट हाउस चौउरमा नै फर्किएको, कमल गन्धर्व तथा राजकुमार गुरुङ समेतका केही मानिसहरु उक्त स्थानमा नै बसी अन्य मानिसहरु आ-आफ्नो गन्तव्यतर्फ गएको ।
    • रातको अन्दाजी २२:३० बजेतिर राज कुमार गुरुङको सोही गेष्ट हाउस चउरको मन्चमा मृत्यू भएपश्चात कमल गन्धर्वले सो विषयमा अन्य कुटपिट गर्ने व्यक्तीहरुसंग सम्पर्क गरी वताई घटनालाई लुकाउन र अपराधवाट वच्नको लागी राज कुमार गरुङको शवलाई वोरामा वाधी एकान्त स्थानको छनौट गरी फाल्ने योजना वनाएको ।
    • योजना मुताविक कमल गन्धर्व, अमृत भन्ने अम्मर बहादुर थिङ, सागर ओली समेतले रातको समयमा जिल्ला चितवन भ.म.न.पा.वडा नं-१२ स्थित केन्द्रिय टर्मिनल बसपार्क स्थितबाट ठेला रिक्सा घटनास्थलसम्म ल्याई राज कुमार गुरुङको शवलाई वोरामा बाँधी कोही कसैले नदेख्ने गरी भित्री सडकको प्रयोग गरी शव फेला परेको स्थान सम्म पुर्याई फाली निजहरु फरार भएको ।
    • घटनामा संलग्न निम्न प्रतिवादीहरुलाई शव फेला परेको दिन नै पहिचान तथा पक्राउ गरी कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य सम्पन्न गरी सरकारी वकिल कार्यालय मार्फत सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।
    • अभियुक्तहरु मध्ये एकजना वालक (वालविझ्याईकर्ता) भएकाले नाम,थर,वतन गोप्य राखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार