Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पुस्तिकामा नेपाली कांग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान समावेश गरिएको जानकारी दिए ।

यस्तै पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा समेटिएको उनले जानकारी दिए ।

कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली कांग्रेसकाबीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्नसक्ने योजनाहरुलगायका विषय पुस्तिकामा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077