Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाटन नगरपालिकामा सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि

    पाटन नगरपालिकामा सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    बैतडी । बैतडीमा एक सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । यससँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।

    यस्तै पाटन नगरपालिकाका ५ जना पुरुष र एक जना सुत्केरी महिलामा कोरोना पुष्टि भएको हो भने बलात्कार आरोपमा जेल सजाय भोगिरहेका पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।



    संक्रमित सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाइएको छ ।संक्रमितमध्ये २९७ जना घर फर्किसकेका छन् भने १० जना क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार