Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरिता गिरीको स्थानमा काे बनिन् सांसद?

    सरिता गिरीको स्थानमा काे बनिन् सांसद?

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेपछि आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको हाे ।

    नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।



    जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले सिटौला सांसद निर्वाचित भएको बताए । उनलाई सपथ खुवाउने तयारी भइरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार