Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्य सामाग्री खरिदबारे छानबिन जारी छ : अख्तियार प्रमुख घिमिरे

    स्वास्थ्य सामाग्री खरिदबारे छानबिन जारी छ : अख्तियार प्रमुख घिमिरे

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन भइरहेको बताएका छन् ।

    स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस प्रालीलाई दिएको विषयमा अख्तियारमा उजुरी परेको र त्यसबारे विस्तृत छानबिन भइरहेको उनले बताए ।



    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त घिमिरेले भने, ‘ओम्नीबारेको विषय विस्तृत अनुसनन्धानमा गएको छ । बयान सुरु गरिएको छ ।’ यसबारेमा छानबिन र अनुसन्धान गर्ने क्रममा लकडाउनको समय परेकाले अप्ठ्यारो भएको पनि उनले बताए । ‘लकडाउनका कारणले तथ्य संकलनमा बाधा भएको थियो,’ घिमिरेले भने ।



    अख्तियारले लकडाउनका क्रममा कार्यालय बन्द नगरे पनि काममा अप्ठ्यारो आएको उनको भनाइ थियो । पछिल्लो समय नियमित रूपमा कार्यालय अगाडि बढेको र भ्रष्टाचार तथा आर्थिक अनियमितताका उजुरीमाथि छलफल भइरहेको जानकारी दिए ।

    ओम्नीलाई स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेर आर्थिक अनियमितता भएको तर अख्तियारले भने मौनता साँधेको सांसदहरूको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार