Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य सामाग्री खरिदबारे छानबिन जारी छ : अख्तियार प्रमुख घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन भइरहेको बताएका छन् ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस प्रालीलाई दिएको विषयमा अख्तियारमा उजुरी परेको र त्यसबारे विस्तृत छानबिन भइरहेको उनले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त घिमिरेले भने, 'ओम्नीबारेको विषय विस्तृत अनुसनन्धानमा गएको छ । बयान सुरु गरिएको छ ।' यसबारेमा छानबिन र अनुसन्धान गर्ने क्रममा लकडाउनको समय परेकाले अप्ठ्यारो भएको पनि उनले बताए । 'लकडाउनका कारणले तथ्य संकलनमा बाधा भएको थियो,' घिमिरेले भने ।

अख्तियारले लकडाउनका क्रममा कार्यालय बन्द नगरे पनि काममा अप्ठ्यारो आएको उनको भनाइ थियो । पछिल्लो समय नियमित रूपमा कार्यालय अगाडि बढेको र भ्रष्टाचार तथा आर्थिक अनियमितताका उजुरीमाथि छलफल भइरहेको जानकारी दिए ।

ओम्नीलाई स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेर आर्थिक अनियमितता भएको तर अख्तियारले भने मौनता साँधेको सांसदहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077