Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एसिड आक्रमणबाट घाईते युवतीको उपचारमा सरकारले सघाउने स्वास्थ्यमन्त्रीको आश्वासन

    एसिड आक्रमणबाट घाईते युवतीको उपचारमा सरकारले सघाउने स्वास्थ्यमन्त्रीको आश्वासन

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौंको सितापाईलामा एसिड आक्रमणमा परेकी को उपचारमा सघाउने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् ।

    कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’



    काठमाडौं सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार