काठमाडौं । नेपालमा थप ७५ जना कोरोना भाइरस संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल संक्रमित मध्ये ७०.५ प्रतिशत कोरोना संक्रमण मुक्त भएर घर फर्केका मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
Leave a Reply