Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रदेश १ प्रहरी कार्यालयमा थपिए १९ जना कोरोना संक्रमण

    प्रदेश १ प्रहरी कार्यालयमा थपिए १९ जना कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.7K
    SHARES

    विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । विराटनगर र धरानमा गरिएको परीक्षणमा ती १९ जनामा संक्रमण पुष्टि भएको हो ।

    नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि स‌ंख्या खुलाएनन् ।



    पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो । त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।



    यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार