Online Nepal
  • आइतबार, २० असोज २०८१
  • हेडक्वार्टरका चार प्रहरीमा काेराेना संक्रमण पुष्टि

    हेडक्वार्टरका चार प्रहरीमा काेराेना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ । काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको स्राेतले बताएकाे छ।

    केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो। तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन। ।



    कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो । त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको छ ।’अहिलेसम्म देशभर ११५ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार