Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका लागि गुप्तचरी गर्ने सिंगापुरका नागरिक दाेषी ठहर

एजेन्सी। अमेरिकामा चिनियाँ गुप्तचरका रूपमा काम गरेको आरोपमा सिंगापुरका एक नागरिकलाई दोषी ठहर गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार जुन वेई येओ नाम गरेका सिंगापुरका ती नागरिकले अमेरिकामा एउटा राजनीतिक कन्सलटेन्सी चलाइरहेका थिए। यसैका माध्यमबाट उनले चीनको गुप्तचर एजेन्सीका लागि जानकारी जुटाउँदै आएका थिए।

अमेरिकी न्याय विभागका अनुसार जुन वेई येओको अर्को नाम डिक्सन येओ हो। सन् २०१५ देखि २०१९ सम्म चिनियाँ सरकारको एक गैरकानुनी एजेन्टका रूपमा काम गरिरहेको आरोपमा उनलाई शुक्रबार एक संघीय अदालतमा दोषी ठहर्‍याइएको थियो।

देशमा राजनीतिक कन्सल्टेन्सी चलाउँदै महत्वपूर्ण र गैरसार्वजनिक जानकारी जुटाएर चिनियाँ इन्टेलिजेन्सलाई दिइरहेको आरोप उनीमाथि लागेको थियो। उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077