Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अस्पतालबाटै अमिताभ बच्चनले गरे यस्ताे प्रार्थना

    अस्पतालबाटै अमिताभ बच्चनले गरे यस्ताे प्रार्थना

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 2.4K
    SHARES

    मुम्बइ । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

    यस बीचमा अमिताभ र अभिषेकले आफूहरुको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गर्दैआएका छन् । करोडौं शुभचिन्तकलाई उनीहरुले अस्पतालबाटै सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन् ।



    तर अमिताभ बच्चनले हालै इन्स्टाग्राममा पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको छ । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । मानिसको भीडसहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ । र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान !’ अमिताभको यस्तो प्रार्थनामाथि उनका करोडौं शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । साथै अधिकांशले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दैआएका छन् ।



    हाल अमिताभसँगै उनका छोरा अभिनेता अभिषेक, बुहारी अभिनेत्री ऐश्वर्या राय र नातिनी आरध्या नानावती अस्पतालमा उपचाररत छन् । अमिताभका अनुसार अझै उनीहरुको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छैन । दुई साताअघि कोभिड १९ बाट संक्रमित भएका उनीहरुको स्वास्थ्य सामान्य रहे पनि कोरोनाबाट मुक्त भइसकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार