Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निष्कासित

    गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निष्कासित

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्कासित गरी कारबाही गरेको छ ।

    कांग्रेसले जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ ।



    कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५र५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।



    जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर. भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।  जोशीलाई कारवाही गर्न पौडेलले देउवालाई दबाब दिँदै आएका थिए । ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार