Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेसमा प्रवेश गर्न राप्रपाको थापा समूहले दियो राजीनामा

    कांग्रेसमा प्रवेश गर्न राप्रपाको थापा समूहले दियो राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं ।  पूर्वमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापाको समूहले संयुक्त राजीनामा दिएको छ ।

    नेता थापासहित विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनाले शनिबार संयुक्त रुपमा राजीनामा दिएका हुन् । उनीहरूले राप्रपाका तीन जना नेताहरूलाई पत्र पठाएर राजीनामा दिएको उल्लेख गरिएको छ ।



    नेतृत्व पुनः ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र नेतृत्व जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।



    थापाको नेतृत्वमा राप्रपाका केही नेताहरू कांग्रेसमा प्रवेशको तयारी गरिरहेका छन् । थापाले कांग्रेसमा सह–महामन्त्री र केही केन्द्रीय सदस्य पद माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार