Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ प्रधानन्यायाधिस चोलेन्द्रको इतिहास, भाईमार्फत अबैध लगानी ! 

काठमाडौं। श्रीमती हत्या अभियोगमा कारागार बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्बोच्च अदालतको फैसलाविरुद्ध ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखेर प्रदर्शन हुन थालेपछि प्रधानन्यायाधिस चोलेन्द्रशमशेर राणा बिबादमा तानिएका छन्।

जसका करण न्यायालयको विश्वाश र गरिमामाथि नै प्रश्न चिन्ह उठेको छ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले गलत ढंगबाट न्यायसेवामा प्रवेश गरेका र जुन अदालतमा हुँदा पनि आर्थिक चलखेलका आधारमा मुद्दा फैसला गरेका  राणालाई न्यायालयको नेतृत्व सुम्पिएका कारण अहिले न्याय नै हराएको भन्दै राणामाथि महाअभियोग लगाउन माग बढेको हो।

चोलेन्द्रको इतिहास र भाईमार्फत अबैध लगानी ! 

चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालतको इतिहासमै अति बदनाम न्यायाधीश हुन् । उनले विशेष अदालतको न्यायाधीश हुँदा पूर्वमन्त्री जेपी गुप्ता, खुमबहादुर खड्कादेखि राजस्व समूहका ३६ भ्रष्टाचारीमध्ये ३५ लाई सफाइ दिएका थिए ।

नेपाल ट्रष्टका नाममा आइसकेको राजा बीरेन्द्रको नामको काठमाडौं छाउनीको १५ रोपनी १ आना जग्गा उनले ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो भनी फैसला गरेका थिए । सर्वोच्च अदालतमा महिलाहरुले दायर गरेका अंश मुद्दामा पनि न्यायाधीश राणाले ठूलो रकम घुस मागेर अति सास्ती दिने गरेको आरोप लागेको थियो । सर्वोच्च अदालतमा महिलाहरुको अंश मुद्दामा उनले दुःख दिएका पीडितहरु धेरै छन् ।

राणा लोकतन्त्र विरोधी हुन् भन्ने कुरा उनले राजा वीरेन्द्र शाहको नेपाल ट्रष्टको नाममा आइसकेको सम्पत्ति ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो बनाएबाटै खुलिसकेको छ ।

सयौं जनताको बलिदानबाट प्राप्त गणतन्त्रपछि पूर्वराजपरिवारको सम्पत्ति नेपाल सरकारका नाममा आएको थियो । तर त्यो बलिदानलाई कर्कलाको पानी जस्तो सम्झेर राजाकी छोरीको दाइजो हो भन्ने चोलेन्द्रले कुनै दिन राजतन्त्र फर्काउने फैसला नगर्लान् भन्न सकिन्छ ?

चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीश हुनका लागि शक्तिकेन्द्र र संसदीय सुुनुवाइ समितिलाई प्रभावमा पार्नका लागि भाईमार्फत ठमेलको मुस्ताङ होटल बिक्री गरी २८ करोड रुपैयाँ छुट्याएको बिभिन्न संचारमाध्यमहरुमा समाचार आएका थिए।

उनका भाइ प्रभुशमशेर राणाले त्यतिखेर राजनीतिक दलका नेताहरुलाई भेटेर सेटिङ मिलाएको समेत चर्चा चलेको थिय।

प्रभुशमशेरले एक महिलालाई बिचल्ली पारी बानेश्वरको शिवदर्शन हलको घरजग्गा नै कब्जा गरेको आरोप छ । उक्त जग्गामा अहिले हल भत्काएर प्रभुशमशेरले करिब ३० करोड लगानीमा आइप्लेक्स मलमा  निर्माण गरेका छन्। जुन संचालनमा आइसकेको छ।

राणाले उक्त मलमा लगानी गरेको सम्पत्तीको स्रोत खोज्ने हो भने उनी समस्यामा पर्ने मलकै एक कर्मचारी वताउँछन्। अहिले कोरोना समयमा मलमा रहेका पसलहरुको भाडा मिनाहा गरेको भन्दै राणा सस्तो प्रचार गरेर आफ्नो बखान गर्न व्यस्त छन् ।

गत असोजमा बिबादास्पद आइप्लेक्स मलमा  ‘वान सिनेमाज’ मल्टिप्लेक्स हलको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए । प्रभुशमशेरले सिभिल बैंकले भैरहवामा ३ बर्षअघि लिलाम गरेको जग्गा पनि रुपन्देही मालपोतमा रोक्का राखी मोलमोलाई सुरु गरेका छन् ।

२५ करोड पर्ने उक्त जग्गा प्रभुले आफूले भनेको मानिसलाई बैंकले लिलाम गरेकै मूल्यमा बिक्री गर्न दबाब दिएका छन् । अहिले एनआईसी बैंकको धापासीको जग्गामा पनि उनले १० करोड बार्गेनिङ गरेको समाचार बाहिर आएको छ।

सुधिर बस्नेतले १० बर्ष अघि २५ करोड कर्जा लिएर चुक्ता गर्न नसकेपछि करिब १ अर्ब २५ करोड मुल्य पर्ने उक्त जग्गा  बैंकले आफ्नो नाममा ल्याएको थियो। तर उक्त जग्गाको बिबाद सर्बोच्चमा पुगेका कारण प्रभुले खेल्न पाएका हुन। सुधिर बस्नेत निकट स्रोतका अनुसार सोहो जग्गाको डिल मिलाउन अहिले सुधिर र प्रभुको मिटिङ दिनहुंजसो आइप्लेक्स मलमा हुने गर्दछ ।

बैंकिङ क्षेत्रमा प्रभु आतंकका यी घटना प्रतिनिधि उदाहरणमात्र हुन् । यस्ता अरु धेरै काण्ड बैंकिङ क्षेत्रमा छन् ।

जता भ्रष्टाचार,उतै चोलेन्द्र 

रञ्जन कोइराला एक दृृष्टान्तमात्र हुन्, राणाले पोलिमर नोटकाण्डमा अष्ट्रेलिया सरकारले भ्रष्टाचार भएको भन्यो । अख्तियारले विदेशीले भ्रष्टाचार भयो भनेकाले बाध्य भएर मुद्दा दर्ता गर्यो । तर प्रधानन्यायाधीश राणाले केही दिनअघि पोलिमर नोटकाण्डमा राष्ट्रबैंकका तत्कालीन गभर्नर तिलक रावलसहित हिमालय पाण्डेलाई निर्दोषिताको प्रमाणपत्र दिएका छन् ।

तिलक रावल चोलेन्द्रशमशेर राणाका सम्धी हुन् । रावलका छोराले राणाकी छोरी विवाह गरेका छन् । अष्ट्रेलियाले भ्रष्टाचार ठहर गरेको पोलिमर नोटकाण्डमा नेपालको सर्वोच्च अदालतले अनियमितता देखेन । सम्धीले भ्रष्टाचार गरे पनि राणाको आँखाले उनलाई निर्दोष ठहर गरेको छ ।

जबकि अष्ट्रेलियाबाट प्रकाशित हुने ‘द सिड्नी मर्निङ हेराल्ड’ पत्रिकामा तत्कालीन गभर्नर डा. रावलको भूमिका र पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको उल्लेख गरिएको थियो ।

राणाकोे न्यायालय प्रवेश नै विवादित छ । चोलेन्द्रशमशेरले गरेका क्यासिनो रोयलदेखि भ्रष्टहरुलाई दिएको सफाइ र उनले भ्रष्टाचारबाट आर्जन गरेको अकूत सम्पत्ति थाहा पाए पनि नेकपाको सरकार उनलाई संरक्षण गरिरहन्छ भने न्यायालयको गरिमा यसरी दिनप्रतिदिन घट्दै जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077