Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पद्वारा औषधिको मूल्य घटाउनेसहित चार आदेशमा हस्ताक्षर

काठमाडाैं। शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार आदेशमा हस्ताक्षर गरेका छन्। औषधिकाे मूल्य घटाउनेसहितकाे आदेशमा उनले हस्ताक्षर गरेका हुन्।

याे आदेशसँगै अमेरिकामा अब डाक्टरले लेखेकाे औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्ने छन्।औषधि कम्पनीहरुसँगकाे वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने बताइएकाे छ।

राष्ट्रपति ट्रम्पले भने, 'शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन्। बैठकमा यसबारे चर्चा हुन सक्छ, उनीहरुले कसरी औषधिकाे मूल्य कम गर्न सक्छन्।' ट्रम्पकाे याे महत्त्वपूर्ण निर्णय काेराेनाका कारण भएकाे आलाेचना र आगामी चुनाव लक्षित रहेकाे बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077