Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • विदेशबाट आउने सबैको काेराेना जाँच गर्ने सरकारको तयारी, परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

    विदेशबाट आउने सबैको काेराेना जाँच गर्ने सरकारको तयारी, परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शक्रुबार भएको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको भन्दै दायरा बढाउन जनस्वास्थ्य विज्ञहरुले सुझाएका हुन ।

    देशभरमा ३३ ३४ वटा प्रयोगशाला सञ्चालनमा छ भनिएको छ, तर दैनिक परीक्षण ४ हजार हाराहारी मात्र छ’ छलफलमा सहभागी डा. समीरमणि दीक्षितले भने, ‘परीक्षणको दायरा बढाउनुपर्ने सबैको जोड थियो ।’



    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा‍‍. भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताएका छन् ।



    छलफलमा स्वास्थ्यमन्त्री ढकालले भने विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताए । भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि कोरोना परीक्षण गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार