Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लागूऔषधसहित तीनजना पक्राउ

    लागूऔषधसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले महोत्तरीको मनरासिस्वा नगरपालिकाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नगरपालिका ४ का २६ वर्षीय नविन मण्डल, वडा नम्बर–५ बस्ने १९ वर्षीय राजीब कापर र जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय जितेन्द्र झालाई नगरपालिका–१ स्वास्थ चौकी अगाडिबाट मोटरसाइकलमा सवार तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रदेश २–०३००६ प ८०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए । उनका अनुसार उनीहरुको साथबाट कोरेक्स १५ थान, डाइजोपाम ६९ थान ट्याब्लेट र पेमाडोल ४० थान बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार