Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना अपडेट : थप १३३ जनामा संक्रमण, १०७ जना डिस्चार्ज, एकजनाकाे मृत्यु

    कोरोना अपडेट : थप १३३ जनामा संक्रमण, १०७ जना डिस्चार्ज, एकजनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको मन्‍त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएको छ ।



    त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । यस्तै थप ए जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।



    मृत्यृ हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित रानिघाटकी ८५ वर्षीया महिला रहेकी छिन् । उनको आज बिहान ९ बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार