Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आसाममा बाढीबाट ९३ जनाको मृत्यु

    आसाममा बाढीबाट ९३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

    आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ । उनीहरु बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।



    उक्त विभागले दिएको जानकारीमा यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।



    उक्त विभागले यहाँका बढी मात्रामा प्रभावित भएका जिल्लाहरु कम्तीमा पनि २६ ओटा रहेका जनाएको छ । यहाँ वर्षा अझै रोकिएको छैन र खतरा पनि नटरेको सो विभागले जनाएको छ ।
    यहाँ वर्षेनी बाढीले सयभन्दा बढी नागरिकको ज्यान लिने गरेको छ । गत वर्ष पनि यहाँ यस्तै भिषण वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार