Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लकडाउन पछि ‘द कपिल शर्मा सो’को सुटिङ सुरु

    लकडाउन पछि ‘द कपिल शर्मा सो’को सुटिङ सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। कोरोना भाइरसका कारण स्थगीत भएको ‘द कपिल शर्मा सो’ को सुटिङ सुरु भएको छ। लकडाउनपछिको पहिलो एपिसोडमा लकडाउनबाट प्रभावित मजदुरलाई घर पुर्‍याउन सहयोग गरेका बलिउड अभिनेता सोनु सूद देखिएका छन्।

    सुटिङ सुरु भएपनि यसको प्रसारण भने अर्को महिनादेखि हुने जनाएको छ। पहिलो एपिसोड अगस्त १ तारेखमा प्रसारण हुनेछ। कपिल शर्माले पनि फोटो सेयर गर्दै सुटिङ सुरु भएको जानकारी दिएका छन्। यसमा दूरी कायम गरेर थोरै मात्र दर्शक राखिएको छ।



    कोरोनाका कारण महाराष्ट्र सरकारले कार्यक्रम निर्माण गर्न मापदण्ड जारी गरेको छ। त्यसअनुसार भीडभाड हुन नदिने गरि कार्यक्रमको ढाँचामा केही फेरबदल गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार