बिद्यार्थीमाथि मानसिक यातना कहिलेसम्म ?::Best Online News Portal of Nepal

बिद्यार्थीमाथि मानसिक यातना कहिलेसम्म ?

बिद्यार्थीमाथि मानसिक यातना कहिलेसम्म ?

अनलाइन नेपाल
  • शुक्रबार, साउन ९ २०७७

  • 7.4K
    SHARES

  • बिद्यार्थीमाथि मानसिक यातना कहिलेसम्म ?

    त्रिभुवन विश्वविद्यालयले अब छिटै नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ भन्ने खबर विभिन्न माध्यमबाट दिनानु दिन आउन थालेका छन् । त्रिभुवन विश्वविद्यालयले अहिलेको अवस्थामा नत विद्यार्थीको अवस्था बुझेको छ न भाबी दिनको अवस्थाको बारेमा मूल्याकंन नै गरेको छ ।

    के हो अनलाइन परीक्षा ? कस्तो हुन्छ अनलाइन परीक्षा ? कसरी लिइन्छ अनलाइन परीक्षा ? बिद्यार्थी समाबेश गरेर भौतिक दूरी कायम गरि कसरी गरिन्छ परीक्षा ? विद्यार्थी परीक्षास्थलसम्म पुग्ने माध्यम के हो ? के अब असोजसम्म चै सबै खुल्ला हुन्छ त ? भोलि फेरी कोरोना एकाएक बढ्दै गयो भने र बन्दाबन्दी अझ दर्बिलो रुपमा गर्न पर्ने स्थिती आयो भने के हुन्छ ? अहिलेका लागि लकडाउन खुलेपनि कोरोनाको महामारी भने कम भएको छैन । यसतर्फ पनि विश्वविद्यलयले हेक्का राख्नुपर्छ ।

    शिक्षा मन्त्रालयले अनलाइन कक्षाको सुविधाले कति विद्यार्थी लाभान्वित भए कतिले बुझे, कोर्ष कति सकियो ? विद्यार्थीको मानासिकता कस्तो छ ? पढाएको बुझेका छन् कि छैनन ? भन्ने कुरा जान्न जरुरी देखिन्छ ।

    सरकारले यदि परीक्षा लिने नै हो भने सबैभन्दा पहिले विद्यार्थीको मानसिकता बलियो बनाउन सहयोगीको भूमिका खेल्नुपर्छ र तुरुन्त कलेज खुल्ला गर्न दिनपर्छ । कलेजले पनि यथासिघ्र विद्यार्थीको हालत बुजेर बिद्यार्थीसँगै परीक्षाको तयारीमा जुट्नु पर्छ । बाँकी भएको कोर्ष सक्नुपर्छ र सकेसम्म विद्यार्थीलाई रिभीजन, मोटीभेशन, र आइडीया दिनु पर्छ । हैन भने यो परीक्षा भवनमा विद्यार्थिको अनिवार्य उपस्थितिको हठ त्याग्नु पर्छ ।

    यो त बिद्यार्थीलाई मानसिक यातना दिने कार्य भैरहेको छ । त्यही आन्तरिक परीक्षाबाट विद्यार्थीलाई एनक्यु लगाउन सक्ने, अनि मुल्याङकन गर्न नसक्ने ? कुनै विद्यार्थीको परिवारजनलाई कोरोना लागेको होला, ऊ क्वारेन्टिनमा होला ।

    आफैलाई कोरोना लागेको बेला, परिवार सबै बाँच्छन् कि नाई भन्ने त्रासमा उसले कसरी परीक्षा दिन सक्छ ? आफ्नो बुबाको तलब आउन छाडिसकेको, घरमा विहान बेलुकाको खाना जोहो गर्न गार्हो भएको विद्यार्थीले कुन मानसिक हालतमा परीक्षाहलमा बसोस् ?

    तपाईहरु त एउटा परीक्षा लिएर उम्किनुहुन्छ तर विद्यार्थीको जीवनभर त्यो परीक्षाको अङक् मार्कसिटमा रहिरहन्छ । एउटा विद्यार्थीबाट परीक्षा दिन आएका धेरैलाई कोरोना लागेर धेरै परिवार सङक्रमित हुन पुगे भने जिम्मेवार को हुन्छ ?

    यता प्याबसनको माग, उता त्रिभुवन विश्वविद्यालय (टियू), इन्जिनियरिङ अध्ययन संस्था(आईओइ)र चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) परीक्षा लिन्छौ भनिरहेको अवस्था, उता गाडी चलाउनेहरूको माग, कतै अनसन, कतै आन्दोलन, अनि उता सरकार बदलिने हल्ला, पूरै देश अस्तव्यस्त छ । अनि तपाईहरुलाई परीक्षाको चिन्ता छ ।

    त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थी पनि मानव हो भन्ने हेक्का होस् । ज्यान भन्दा प्यारो पैसा र परीक्षा होईन । विद्यालयहरूले अनलाईन कक्षा नलिने धम्की दिएर कर्मचारीहरूलाई बेतलवी बिदा दियो ।

    पछि सहमति भएको भन्दै अनलाइन कक्षा फेरि पनि सुरु भइसकेका छन् । यस्तो अवस्थामा टियू, आइओई, आईओएम जस्ता संस्थानहरूले परीक्षा लिन्छौ भनेर परीक्षाको मिति तय गर्ने निर्णय गर्न आट्नु जायज हुनै सक्दैन ।

    यस्तै बेलामा हो सबैलाई त्यसै पास गर्ने ! भोलि परीक्षा हल भित्र मान्छे मरे भने अवस्था के हुन्छ ? त्यसको जिम्मा कसले लिन्छ ? आफूहरु मात्रै सुरक्षित भएम् भनेर परीक्षार्थीलाई बेवास्ता गर्ने ? महामारी फैलिदै गएर झन् सुरक्षित हुनुपर्ने बेलामा नि परीक्षा गर्ने कुरा गर्ने ? मेरो व्यक्तिगत विचारमा रोगको पूर्ण नियन्त्रण नभएसम्म परीक्षा गर्नै हुदैन ।

    बार्षिक रुपमा हुने परीक्षाको पहिलो बर्षको कोर्स ५० प्रतिशत नि पूरा भएको छैन होला । दोस्रो बर्षको पनि पूरा भएको छैन होला । तेस्रो र चौथो बर्षका अधिकांश कलेजमा पूरा भएको होलान् । सेमेस्टर प्रणालिको पनि स्थिति त्यहि छ । धेरैजसो विद्यार्थी लकडाउन छोटो होला भनी किताब नै नबोकी घर गएको अवस्था छ ।

    अनलाइन क्लास पनि धेरै जसोले लिएका छैनन र लिने अवस्था पनि छैन । लकडाउनपछि केही महिना कक्षा सञ्चालन नगरि वा केही समय ग्याप नराखि परीक्षा गर्नु उचित नहोला । जे जति पढाई भएको छ त्यहि आधारमा परीक्षा सञ्चालन गरे पनि विद्यार्थीको भबिष्यमाथि खेलबाड होला कि । केही ज्ञान हासिल नगरि परीक्षा दिएर पास मात्र हुनुको औचित्य छैन ।

    टियूले दियका ४ विकल्प पनि अहिले कुनै पनि उपुक्त नै छैनन् जस्तो लाग्छ
    १. केन्द्रबाट सबै बिद्यार्थीलाई प्रश्न पठाउन नै सम्भब हुँदैन किनकी सबै टियूको गेट अगाडी बस्ने हुँदैनन । दूरदराजमा प्रश्नपत्र पठाउन समय अबस्य लाग्ला र अन्य कुरा पनि छन् ।

    २. मौखिक परीक्षा कसरी सम्भब छ ? सैद्धान्तिक विषयको त मिल्छ सायद तर संख्यात्मक विषयको प्रश्न फोन बाट कसरी दिने ।

    ३. अनलाइन परीक्षा । यो विधिबाट त कसै गरे पनि पार लाग्दैन । ल्यापटपको चार्जले दुई घन्टा अन्लाइन बस्न मिल्छ । अनि, कम्तीमा तीन घन्टाको जाँच होला ! त्यै नि टाइपिङ ढिलो हुन्छ । भ्याइँदैन । कसरी लेख्ने ?अप्सन हो यो अप्सन मै सिमित हुन्छ ।

    ४. सम्भब त छ । जोखिम नियन्त्रण गराउन सक्ने हो भने यो प्रभाबकारी होला । लिखित परीक्षामा त प्राचीन कालदेखि नै सामाजिक दूरी कायम गरिँदै आएको छैन र ? अझै के गर्ने हो र ? नत्र जोखिम गराएर परीक्षक र लाखौं परीक्षार्थीलाई ल्याउनु बेबकुफी मात्र हुनेछ ।

    कतिपय काठमाडाैंलगायत सहरी क्षेत्रका घरबेटीले कोरोनाको औसधी नबनेसम्म कोरोना सर्छ भनेर घरमै बस्न नदिने भनेको अवस्था छ । हाम्रो शीक्षा सहर केन्द्रीत छ र कयौं बिद्यालय, कलेज र विश्वविद्यालयहरु सहरमै छन् ।

    तर, लाखौ बिद्यार्थीहरु अहिले आ–आफ्नो घर गएका छन् । त्यहाँ नत इन्टरनेटको सुविधा छ न त मोवाइलमा रिचार्ज किनेर अनलाईन कक्षा पढ्न सक्ने हैसियत सबैको छ ? अर्को तनाब फेरि लामो दूरीका बसहरु पनि चलेका छैनन् । सरकारले भादौ १ गतेबाट मात्र लामो दूरीको सवारी चलाउने अनुमति दिएको छ । त्यो पनि हिजो(मंगलबार) मात्रै ।

    बल्लतल्ल गाउँबाट शहर आएका विद्यार्थीलाई घरबेटीले बस्न दिएनन भने बिद्यार्थी न घरको न घाटको हुन्छन् । उनीहको जिम्मा कसले लिने ? त्यसैले परीक्षा भवनमा विद्यार्थिको अनिवार्य उपस्थितिको हठ त्याग्नु पर्छ । देश भरिमा क्वारेन्टिनको रुपमा रहेको एक हजार भन्दा बढि शैक्षिक संस्थालाई क्वारेन्टिनबाट मुक्त गराउन पर्छ ।

    मुल्यांकन गर्नुपर्ने यो बर्षलाई मात्र थियो सधैलाई होईन । टियू जस्तो संस्थाले भेदभावका कुरा गर्न सुहाउँदैन । टियूका कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षा हलमै गएर परीक्षा दिनुपर्ने भए एसईई र ११ का बिद्यार्थीहरुले पनि परीक्षा दिनु पथ्र्यो । सबै बिद्यार्थी एकै हुन ।

    सम्पूर्ण बिद्यार्थीलाई एकै तरिकाले मुल्यांकन गरियोस जुन कुरा सम्भब छ । कसैलाई काखा कसैलाई पाखा नगरियोस् । लाखौंलाख बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलगायत सम्पूर्ण सरकारवाला निकायमा यो बिनम्र अनुरोध छ कि हामी स्नातक तहका विभिन्न संकायका बिद्यार्थीहरुका लागि पनि उचित निर्णय आउने वातावरण तयार होस् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार