Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गण्डकी प्रदेशका थप १० जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशका थप १० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । गण्डकी प्रदेशमा थप १० जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्ला (कास्की, लमजुङ, बागलुङ र तनहूँ)का १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् ।



    लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।



    संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार