काठमाडौं। छिमिकी राष्ट्रहरुसँग सम्बन्ध बिगारेको भारतलाई पछिल्लो समय तनाब भएको छ। नेपाल,बंगलादेश र भुटानसँग भारतले सिमाका कारण सम्बन्ध बिगारेको छ। खासगरी भारतक गुप्तचर संयन्त्रहरु एकपछि अर्को गर्दै असफल हुन थालेका हुन।
भारतीय दुताबासमार्फत नेपालमा झुटो समाचार फैलाउने गुप्तचर सन्यन्त्रले नेपालका केही मिडियाहरुमा पकड जमाएका छन्।
पछिल्लो समय भारतीय गुप्तचर संस्था ‘रअ’को काम भनेको गुप्तचरीको नाममा छिमकीको आन्तरिक बिषयमा प्रबेश गरेर खेल्नु नै रहेको देखिन्छ।
नेपालमा भने गुप्तचर संस्था असफल देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संयन्त्रले ‘रअ’का गतिबिधीलाई असफल पारिदिएको छ। नेकपालाई फुटाउने भारतको योजना असफल भएको स्वयम भारतकै संचारमाध्यामहरुले लेख्न थालेका छन्।
प्रधानमन्त्री ओलीको चरित्रहत्या गराएर नेपालको बदनाम गराउने रअ’को प्रयास पनि असफल भएको छ।
बुधबार दक्षिण एशियाली मुलुकहरु बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीबीच फोन वार्ता भएपछि भारतलाई तनाब भएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच फोन वार्ता भएको थियो ।
यी दुई छिमेकीबीच सम्बन्ध सुधारको संकेत देखिएपछि भारतमा भने छटपटि देखिएको छ। भारतीय सञ्चारमाध्यमहरुले यसलाई ‘भारतका लागि नराम्रो’ संकेत भनेका छन्।
भारतीय सञ्चार माध्यम आजतकले बंगलादेश र पाकिस्तानबीच सम्बन्ध सुधार हुनु भारतका लागि चिन्ताको विषय भएको उल्लेख गरेको छ। र बंगलादेशसँग भारतको राम्रो सम्बन्ध रहेकाबेला पाकिस्तानसँग उसको बढ्दो निकटतालाई नराम्रो संकेत भनेको छ।
बंगलादेश पाकिस्तानबाट टुक्रिएर बनेको मुस्लिम बहुल देश हो। उता पाकिस्तन भारतबाट टुक्रिएर बनेको मुस्लिम बहुल देश। भारतले पाकिस्तानलाई शत्रुदेशको श्रेणीमा राखेको छ। त्यसैले पाकिस्तानसँग बंगलादेशको सम्बन्ध सुधारलाई भारतीय सञ्चार माध्यमहरुले भारतको चिन्ताका रुपमा विश्लेषण गरेका हुन्।
समाचारअनुसार पाकिस्तनी प्रधानमन्त्री खानले बंगलादेशी प्रधानमन्त्रीसँगको फोन वार्ताका क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विषयमा पनि कुरा गरेका थिए।
Leave a Reply