Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘अयोध्या’ बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदीय समितिमा छलफल

    ‘अयोध्या’ बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदीय समितिमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘भगवान रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानलागि के व्यवस्था भएको छ । अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरे। प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो अहिले अनुसन्धान कुन चरणमा पुगेको छ त्यसको विषयमा जानकारी हुनुपर्ने उनको मत छ ।



    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनलेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्ने बताए ।



    नेकपाका अर्का सांसद सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवशरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार