Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं उपत्यकामा ९ जनालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा ९ जनालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका दुई र पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यो सँगै काठमाडौंमा आज एकैपटक पाँच जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुर र भक्तपुरमा पनि २ २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । संक्रमितको अन्य बिवरण मन्त्रालयले खुलाएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार