Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पूर्वडीआईजी रञ्जन कोइराला आज जेलमुक्त हुँदै

    पूर्वडीआईजी रञ्जन कोइराला आज जेलमुक्त हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइराला आज जेलमुक्त हुँदैछन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले कोइरालालाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो । सर्वोच्चको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोइराला आज जेलमुक्त हुन लागेका हुन् ।

    डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार थुनामुक्त गर्दैछ । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको जेलर गणेश आचार्यले बताए ।



    सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।



    यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार