Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • के विश्वका अर्बपतिले कोरोना खोप लगाए? चीनले जासुसी गरेको अमेरिकाको आरोप

    के विश्वका अर्बपतिले कोरोना खोप लगाए? चीनले जासुसी गरेको अमेरिकाको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 1.9K
    SHARES

    एजेन्सी । अहिले विश्व नै कोरोना भाइरससँग संघर्ष गरिरहेको छ । अमेरिकाले चीनद्वारा प्रायोजित ह्याकरहरूले  कोभिड–१९को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप लगाएको छ।

    कोभिड–१९ को सम्भावित खोपबारे अनुसन्धान गरिरहेको म्यासचुसेट्सको बायोटेक कम्पनीमा गत जनवरीमा चीनले जासुसी गरेको अमेरिकाले आरोप लगायो।



    यता धेरै देशहरूमा यसको खोप विकास गर्न काम भइरहेको जनाएका छन । कोरोना महामारीले नराम्ररी प्रभाव पारेको अमेरिकाले यो खोप पाएको दाबी गरेको छ । अमेरिकाले कोरोना खोपको १० करोड डोज प्राप्त गरेको दावी गरिएको छ ।



    अमेरिकाले कोरोना खोप प्राप्त गरेको दाबी गर्दै समाचार एजेन्सीले भनेका छ उक्त खोप जर्मन औषधि कम्पनी बायोटेकले १।९५ अर्बको मूल्यमा अमेरिकाले उक्त खोप प्राप्त गरेको हो।

    विदेशी सञ्चारमाध्यम ब्लुमवर्गको एक रिपोर्टका अनुसार रसियाबाट पनि यस्तै रिपोर्टहरू पनि आएका छन् । त्यहाका धेरै अर्बपति र धनी मानिसहरूले यसको खोप लगाएर कोरोना भाइरसबाट जोगिसकेको रिपोर्ट दावी गरेएको छ ।

    यो पनि दावी गरिएको छ कि खोप बनाउने काममा रूसी टोली अग्रणीद रहेको छ र मानवमा यसको परीक्षण पूरा भैसकेको छ । यो मात्र होइन, यो पनि भनिएको छ कि राष्ट्रपति पुतिनलगायत रुसका ठूला राजनीति, व्यापारी हस्ति र राजनीतिज्ञहरूले अप्रिलमा नै यो खोप लगाइसेका छन ।

    कोरोना भाइरसको परीक्षणको सन्दर्भमा अमेरिका विश्वमा पहिलो स्थानमा छ । किनकि हरेक दिन ७ लाख परीक्षणहरू भइरहेका छन्। बुधवार बिहानसम्म अमेरिकामा ४ करोड ९० लाखभन्दा बढी परीक्षणहरू भइसकेका छन् । एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार