Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोनाको जोखिम बढेपछि राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा

    कोरोनाको जोखिम बढेपछि राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.3K
    SHARES

    सप्तरी । सप्तरीको राजविराज नगरक्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । स्वास्थ्यकर्मीसहित १ दर्जनभन्दा बढीमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले बिहीबार विहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञाको घोषणा गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बिहीबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    बुधबार राजविराज नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षीय युवक, वडा नम्बर ३ बस्ने ६३, ३२ र २३ वर्षीय पुरुष, वडा नम्बर ६ बस्ने ३२ र ३६ वर्षीया महिला एवम् ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै वडा नम्बर ७ बस्ने २० वर्षीय युवक र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण फेला परेको गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालले जनाएको छ । उता, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै,गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाईसमेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार