Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पानी निकासको विषयमा दुई परिवारबीच कुटाकुट, सात जना घाइते

    पानी निकासको विषयमा दुई परिवारबीच कुटाकुट, सात जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 1.9K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    महोत्तरी । महोत्तरीकाे सोनमा गाउँपालिका–३ रघुनाथपुर गाउँमा पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका छन् ।



    घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार