Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुनको मूल्य १३०० रूपैयाँले बढ्याे

    सुनको मूल्य १३०० रूपैयाँले बढ्याे

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

    मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भइरहेकाे महासंघले जनाएकाे छ ।



    पछिल्लाे केही सयम सुनकाे मूल्य निरन्तर रूपमा बढीरहेकाे छ । बुधबार कायम भएकाे सुनकाे मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार