Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आजबाट मापसे चेकिङ, सार्वजनिक सवारीमा छड्के र ट्राफिक नियम मिचे कारबाही

    आजबाट मापसे चेकिङ, सार्वजनिक सवारीमा छड्के र ट्राफिक नियम मिचे कारबाही

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 6.2K
    SHARES

    फाइल तस्विर, स्राेत : गुगल

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको मापसे चेकिङ आज (बुधबार) बाट फेरि शुरु हुने भएको छ ।

    लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको हो । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।



    महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।



    त्यसैगरी सार्वजनिक सवारी साधन चल्ने भएसँगै महाशाखाले आजैबाट सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरी टोली परिचालन गरेको छ ।

    सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

    आजबाट ट्राफिक नियम मिच्नेलाई कारबाही हुने पनि महाशाखाले जनाएको छ । नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही गरिने एसएसपी ढकालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार