Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले धोका दिँदा झलनाथ र वामदेव एकै कित्तामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धोका दिँदा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम फेरि एकै ठाउँमा उभिन पुगेका छन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेका  खनाल र  गौतमको गुट सक्रिय भएको हो ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा प्रष्ट नहुनुले पनि उनीहरु एकै कित्तामा पुगेको टिप्पणी हुन थालेको छ । ओली हटेमा माधव नेपाल बलियो हुनसक्ने उनीहरुको बुझाई छ । स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामै छ । बरु प्रचण्डका विश्वासपात्र भनिएकाहरु ओली समुहमा गएको देखिएको छ । ओली हटेमा पूर्व एमाले भएकाले माधव नेपालकै पल्लाभारी हुनसक्ने बुझाई प्रचण्ड पक्षको छ । त्यसैले उनी अहिलेलाई ओलीसँग लेनदेन गरेर बढ्ने मनशायमा देखिएका छन् । यसबारे यसै हप्ता आफ्नो गुटमा परामर्श गरिसकेका छन् ।

नेकपाभित्र चार गुट स्पष्ट देखिइसकेको छ । तीन गुटमा नेताहरु एक्ला एक्लै छन् भने अर्को गुटमा खनाल र गौतम एकसाथ देखिएका छन् । अब खनाल र गौतमको संयुक्त गुटमा पूर्व एमालेका दोस्रो पुस्ताका उदीयमान नेताहरु छन् ।

यही गुटले विगतमा माधव नेपाललाई हराएर ओलीलाई अध्यक्ष बनाएजस्तै यसपटक पनि सत्ता संकट टार्न भुमिका खेल्ने सम्भावना बलियो बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077