Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ट्रम्पद्वारा मास्कको प्रशंसा र लगाउन अपिल

    ट्रम्पद्वारा मास्कको प्रशंसा र लगाउन अपिल

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कबारे बिबादमा तानिँदै आएका छन्। कोरोना भाइरस सम्बन्धी दैनिक ब्रिफिङ्गमा बोलीमा पनि परिवर्तन ल्याएका छन् । उनले ह्वाइट हाउसमा मंगलबार भएको ब्रिफिङ्गमा अमेरिकामा कोरोना भाइरसको महामारी ‘सुधार हुनु पूर्व खराब’ भएको बताएका छन् ।

    ट्रम्पले ब्रिफिङ्गको क्रममा सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेका छन् । मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै उनले राष्ट्रप्रेम दर्शाउन पनि मास्क लगाउन आपिल गरेका हुन् ।



    ट्रम्पले भने ब्रिफिङ्गमा सहभागी हुँदा मास्क लगाएका थिएनन् । उनले यसअघिसम्म लगातार मास्कको विपक्षमा बोल्दै आएका थिए । आफूले मास्क लगाउँदै नलगाउने र नागरिकलाई मास्क लागउनका लागि अपिल नगर्ने बताएका ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाएको देखिएका थियो ।



    अमेरिकाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अति तीव्र गतिमा बढी रहेका बेला सल्लाहकारहरुले ट्रम्पलाई बोली परिवर्तन गर्न सुझाव दिएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार