Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वीपी स्मृति दिवसको अवसरमा तरुण दलद्वारा अनाथ बालबालिकालाई स्वास्थ्य सामग्री बितरण

    वीपी स्मृति दिवसको अवसरमा तरुण दलद्वारा अनाथ बालबालिकालाई स्वास्थ्य सामग्री बितरण

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले ३८औँ वीपी स्मृति दिवसको अवसरमा अनाथ बालबालिकालाई फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले फलफूल तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । तरुण दलका अध्यक्ष बस्नेतले वीपी कोइरालाको स्मृतिमा तरुण केन्द्रीय कार्यसमितिको तर्फबाट काठमाडौंमा सामाजिक कार्य गरेको बताए ।



    तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले केन्द्रीय कार्यालयमा वीपी काेइरालाकाे तस्बिरमा माल्यार्णपन पनि गरेका थिए ।



    वीपी कोइरालाको स्मरणमा देशभरिका तरुणहरूले विभिन्न कार्यक्रम गरिरहेका बेला केन्द्रीय कार्यसमितिले पनि आफ्नो तर्फबाट सानो रचनात्मक कार्य गरेको बस्नेतले बताए ।

    तरुण दलले कुलेश्वरमा रहेको बाल संरक्षण अभियान नेपालका बालबालिकालाई फलफूल, मास्क, स्यानिटाईजर, साबुनलगायतका सामग्री पनि वितरण गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार