Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आमसञ्चारमाध्यमकाे लगानी पारदर्शी गर्न सरकार लागिपरेको छ : सञ्चारमन्त्री खतिवडा

    आमसञ्चारमाध्यमकाे लगानी पारदर्शी गर्न सरकार लागिपरेको छ : सञ्चारमन्त्री खतिवडा

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् ।

    संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा मन्त्री खतिवडाले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताए ।



    उनले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताए । ‘‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उनले भने, ‘‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हुँदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन ।”



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार