Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाढी पीडितहरुको उद्धार र राहतमा खटिने भन्दै नेकपा बैठक फेरि ७ दिन सर्यो

    बाढी पीडितहरुको उद्धार र राहतमा खटिने भन्दै नेकपा बैठक फेरि ७ दिन सर्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौंं । असरा १८ गतेबाट पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ता पछि धकेलिएको छ ।

    मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै बैठक स्थगित भएको श्रेष्ठले बताए ।



    बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न आग्रह गरेको छ । यस्तै बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।

    बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका छन् भने ओली पक्षका नेताहरु राजिनामा दिन नहुने पक्षमा छन् । जसले गर्दा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार