Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘राष्ट्रपतिकाे अनावश्यक चलखेलले राजतन्त्र ठीक भन्ने जमात बढ्यो’

    ‘राष्ट्रपतिकाे अनावश्यक चलखेलले राजतन्त्र ठीक भन्ने जमात बढ्यो’

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् ।

    राष्ट्रपति भण्डारीका कृयाकलाले गर्दा आम नेपालीहरु राजतन्त्र ठीक भन्नेतर्फ लागेको उनको तर्क थियो ।



    ३८औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए ।



    सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको विवादमा राष्ट्रपति जोडिएको भन्दै उनले त्यसको आलोचना गरे ।

    कांग्रेस महामन्त्री डा. कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए ।

    सभापति देउवाको आलोचना गर्दै उनले भने–‘महाधिवेशनलाई प्रभावित पार्न उहाँले विभागहरु गठन गर्नुभएको छ । महाधिवेशन हुन ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार