Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेकपा स्थायी कमिटी बैठकमा ओली किन अनुपस्थित ?

    नेकपा स्थायी कमिटी बैठकमा ओली किन अनुपस्थित ?

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ।

    नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केहीबेर छलफल भएपछि स्थायी कमिटी बैठक शुरु भएको हो । यद्यपी बैठकमा अहिलेसम्म प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने उपस्थित भएका छैनन ।



    बैठकका लागि स्थायी कमिटीका सबैजसो नेताहरु बालुवाटारमा पुगेको छन् । आज विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।



    आन्तरिक विवादका कारण असार १८ गते यता नेकपाको बैठक बस्न सकेको छैन। स्थायी कमिटीको बैठक नेकपाको विवाद समाधनका लागि असार १० गते शुरु भएको थियो। शुरु भएयता ७ पटक बैठक स्थगित भइसको छ।

    यसअघिका बैठकमा शिर्ष नेताहरुले नै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए भने ओली पक्षका नेताहरुले भने राजिनामा दिन नहुने अडान कसिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार