Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गण्डक ब्यारेजका सबै ढोका खोलियो

    गण्डक ब्यारेजका सबै ढोका खोलियो

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.1K
    SHARES

    चितवन । नारायणी नदीमा पानीको सतह बढेसँगै नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

    नेपाल–भारत सीमामा गण्डक ब्यारेज बनाएर नारायणी नदीलाई थुनिएको छ। त्यहाँबाट नारायणीको पानी भारत, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न लगिन्छ।



    नारायणी नदीको सतह खतरामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो ।



    गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक हो। पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ। ३ लाख नाघेपछि खतरा मानिन्छ। गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार