Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • उपत्यका छिर्ने मुख्य नाका ठप्प

    उपत्यका छिर्ने मुख्य नाका ठप्प

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडाैँ । अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ।

    पुलको धादिङ तर्फको भुभाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए। मौवाखोलामा आएको बाढीले करिब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ। सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ। मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ।



    नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ। सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ। ‘माथिबाट लगातार पहिरो खसिरहेकाले हटाउनै सकिएन’, नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भने, ‘पानी कम भयो भने मंगलबार मात्रै काम थाल्छौं।’



    त्यस्तै, कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ। चारकिलो नारायण मुग्लिन सडकको सबैभन्दा बढी पहिरोको जोखिम भएको स्थान हो। असार दुई गते पनि उक्त स्थानमा पहिरो खस्दा दुई दिनसम्म यातायात प्रभावित भएको थियो। पहिरो नियन्त्रणका लागि सुरु गरिएको रक नेटिङ पनि रोकिएको छ। कमजोर भूबनोटका कारण पहिरो खसिरहँदा मजदुरले काम गर्न सकेका छैनन्। पहिरोका कारण सीमलताल, जुगेडी, रामनगरमा सवारी रोकिएको छ। जोखिममा रहेका सवारीलाई सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए। नारायणगढ मुग्लिन सडकमा पहिरोका जोखिमयुक्त क्षेत्र ३२ वटा छन। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार