Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विभिन्न स्थानमा बाढी पहिरो: चारको मृत्यु, दर्जनौ बस्ती डुबानमा

    विभिन्न स्थानमा बाढी पहिरो: चारको मृत्यु, दर्जनौ बस्ती डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौँ। आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।

    नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ । राति शौच गर्न खोल्सामा पसेका गुरुङमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएका गुरुङलाई स्थानीयवासी र प्रहरीको उद्धार टोलीले निकालेको हो । वडा–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जानकारी दिनुभयो । पीडित परिवारलाई स्थानीय स्तरबाट राहतको व्यवस्था गरिएको छ ।



    त्यस्तै दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ । गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।



    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले बाढी र पहिरो प्रभावित जिल्लामा उद्धार, उपचार, पीडितको पुनस्र्थापना र राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो । गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ । गाेरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार