Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भोटेकोशी किनारका बस्ती सार्न प्रशासनको अनुरोध

    भोटेकोशी किनारका बस्ती सार्न प्रशासनको अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.8K
    SHARES

    फाईल तस्बिर

    काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । भोटेकोशी किनारमा रहेका बस्ती तत्कालै सार्ने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

    ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।





    पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने भएकाले सचेत रहन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार