Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोले पुरेर २ महिला बेपत्ता

    पहिरोले पुरेर २ महिला बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए । रासस



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार