Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि

    ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २७ प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार