Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुजन कार्कीले जिते सेलपे योजनाको Samsung Galaxy S20+

    सुजन कार्कीले जिते सेलपे योजनाको Samsung Galaxy S20+

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजना “This 2020 Get Samsung Galaxy S20” अन्तर्गत लक्की ड्र मार्फत Samsung Galaxy S20+ जित्ने भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।

    सेलपेद्धारा एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराइएको हो । यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रूपैयाँको कुनै पनि कारोवार जस्तै रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund Transfer (मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ Samsung Galaxy S20+ जित्ने मौका पाएका छन् ।



    यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि Payless, Address lounge, Energizer / X-Age बाट विभिन्न उपहारहरु पाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “This 2020 Get Samsung Galaxy S20” योजनाको विजेताको घोषणा २०७७ श्रावण १ गते बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको “सेलपे गफ(गाफ मह जोडीसँग” को कार्यक्रमबाट Live लक्की ड्र मार्फत गरिएको थियो ।



    सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन कार्की Samsung Galaxy S20+ को विजेता भएका थिए । संस्थाले “This 2020 Get Samsung Galaxy S20” योजना सफल बनाउन उल्लेखिय योगदान गर्नु हुने Samsung, Payless, Address Lounge, Energizer र X-Age तथा यस योजनामा सहभागी भएका सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद समेत व्यक्त गरेको थियो ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित, लोयल्टी पोइन्टस पाईनेलगायत रहेका छन् ।

    सेलपेद्धारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, EMI भुक्तानी, कोभिड–१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

    यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार