Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ओभरसियर अख्तियारको नियन्त्रणमा

    गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ओभरसियर अख्तियारको नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

    प्रमुख कार्यकारी अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।



    अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार