Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दार्चुलामा पहिराे जाँदा दुईको मृत्यु

    दार्चुलामा पहिराे जाँदा दुईको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 5.8K
    SHARES

    फाइल तस्विर

    दार्चुला। नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेको स्थानीय फागुनसिंह ठगुन्नाले जानकारी दिए । पहिरोले एउटा विद्यालय भवनसहित सात घर पुरिएका छन् ।



    त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुऱ्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार